३० मंसिर । ललितपुरको मिल्क टुडे डेरीमा राखिएको दुधमा कपाल भेटिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गरेको अनुगमनका क्रममा कपाललगायतको फोहोर फेला पारेको हो ।
म्याद सकिएर बजारबाट उठाइएका दूधका प्याकेटलाई धुलो, हिलो र फोहोरसहित पुनः पास्चराइज्ड गर्न लागिएको अवस्थामा विभागले फेला परेको अनुगमनमा सहभागी एक अधिकारीले बताए ।
करिब ७ सय लिटर दूधमा रौं, माटो, बालुवाको कण र दूधका फोहोर प्याकेटहरु फेला परेका थिए ।
अनुगमनपछिसम्बन्धित कागजातहरू र विवरणहरूसहित तीन दिनभित्र वाणिज्य विभाग बबरमहलमा उपस्थित हुन भनिएको छ ।
प्रतिक्रिया