१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रधानमन्त्री प्रचण्डले भने, ‘सातदोबाटो चापागाँउ सडक विस्तार नहुँदा म पनि पीडित बनेको छु’



ललितखबर
३० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातदोवाटो चापागाँउ सडक विस्तार नहुँदा आफू पीडित बन्नु परेको बताएका छन् ।
ललितपुरको ठेचोमा श्री नवदुर्गा भवानी गुठीको बाह्र बर्षे जात्राको समापनको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफू खुमल्टारमा बस्न आएपछि सडक विस्तार नहुँदाको भुक्तभोगी आफू बन्नु परेको बताए ।

आफू बस्न आएपछि मात्रै सातदोबाटादेखि ढोलाहिटीको उकालो खुमल्टारसम्मको सडक विस्तार भएको स्मरण गर्दै सडक २२ मिटर विस्तार नभएकोमा चिन्ता व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले सडकबारे आफू जानकार रहेकोले सडक विस्तारको पहल गर्ने आश्वासन दिएका छन् । उनले भने मुआव्जा र क्षतिपूर्ति दिने कुरा र सडक विस्तार गर्न सघाउने बताए ।

 

सडक विस्तारका लागि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले प्रधानमन्त्री प्रचण्डलाई पहल गर्न कार्यक्रममा सम्बोधन गर्दै अनुरोध गरेका थिए । पछिल्लो समय कान्तिलोकथ सडक सुचारु भएसँगै यो सडक हुँदै हेटौडा जाने टाटासुमो, मालवाहक ट्रक र मोटरसाइकलहरुको ताँती लाग्ने गरेको छ ।

दक्षिण ललितपुरको लेले नल्लु क्षेत्रमा ढुंगा खानी रहेको कारण पनि यस सडह हुँदै सयौं टिपर चल्छन् भने दक्षिण ललितपुरका तीन वटा गाँउपालिका र गोदावरी नगरपालिकाका बासिन्दा सदरमुकाम पाटन जाने मुख्य सडक भएकाले सधै गाडीको लाम लाग्छ । दिनहुँ जाम हुने गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ९ : ४३ बजे