ललितखबर
६ पुस । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाको प्रज्ञा प्रतिष्ठानमा पालिका अध्यक्ष गणेश केसीले आफ्नी छोरीसहित ६ जनालाई प्राज्ञसभा सदस्य मनोनयन गरेका छन् ।
अध्यक्ष केसीले छोरी सुजाता केसीसहित प्रतिमा तामाङ,टंक लामा,सचितानन्द घिमिरे,उद्धवप्रसाद पराजुली,रत्नप्रसाद घिमिरेलाई मनोनयन गरेका हुन् । सुजाता केसी गायिका हुन् ।
पालिकाको भाषा संस्कृती कला र साहित्यको विकासमा योगदान दिने व्यक्तिहरुलाई प्राज्ञसभा गठन गरेर प्रवद्धन गर्ने प्रावधान छ ।
सदस्य सचिवमा अधिकृत स्तरको कर्मचारी, शिक्षा अधिकृत,प्रवक्तालगायत १५ जनाको प्राज्ञ सभा कार्यसमिती रहने व्यवस्था छ ।
प्रज्ञा प्रतिष्ठानको उपाध्यक्षमा यस अघि नै रामसुन्दर केसी नियुक्त भइसकेका छन् ।
प्रतिष्ठानको अध्यक्षमा गाँउपालिकाको अध्यक्ष प्रावधान छ । मनोनयनअघि छनौट समितीको सिफारिसको आधारमा मनोनयन गरिएको गाँउपालिकाको भनाई छ ।
सदस्यहरुको कार्यकाल ३ बर्ष रहनेछ ।
प्रतिक्रिया