१२ पुस । पर्यावरण रेडियो(इसिआर एफएम)को स्थापना गरेर वातारण क्षेत्रमा उल्येखनिय योगदान गरेको अष्ठमान किसी महर्जनको आज विहान ललितपुरको एक अस्पतालमा निधन भएको छ ।
२०६० साल माघ २१ देखि ललितपुरको गोदावरी बाँडेगाँउमा १०४.२ फ्रिक्वेन्सीबाट महर्जनले पर्यावरण रेडियो सञ्चालनमा ल्याएका थिए । रेडियो पर्यावरण २०५५ सालदेखि नै १०० मेघाहर्जबाट हरेक सोमबार बेलुकी ५ बजेदेखि ६ बजेसम्म प्रशारण सुरु भएको थियो ।
साथै महर्जनले पर्यावरण टेलिभिजन समेत सञ्चालनमा ल्याएका थिए ।
लामो समयदेखि उनी फोक्सो र कलेजो संक्रमणबाट पिडित थिए । उनको पार्थिव शरिर अस्पतालबाट निवासतर्फ लैजाने तयारी भइरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ । अत्येष्टि आजै गोदावरीमा गरिने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया