१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा सद्भाव मेला सुरु



ललितपुर
१३ पुस। ललितपुर महानगरपालिका १९ पाटनमा आजदेखि सद्भाव मेला सुरु भएको छ । वडा नं १९ ले आयोजना गरेको सद्भाव मेला तीन दिनसम्मका लागि सञ्चालन हुनेछ ।
सामाजिक सद्भावलाई बलियो बनाउनुका साथै उद्योग र पर्यटनलाई जोड दिने उद्देश्यले आयोजना गरिएको सद्भाव मेलाको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गरेका छन् ।

वडा नं १९ अन्तर्गत पर्ने १३ चोकमा फरक–फरक विशेषताका साथ कार्यक्रम गर्ने वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिए । उनले भने, “विशेषगरी पर्यटन र उद्योगलाई थप बलियो बनाउनका लागि मेलाको आयोजना गरेका हौँ, यसले सामाजिक सद्भावमा पनि ठूलो महत्व राख्ने छ ।”

सद्भावका लागि आयोजना गरेको मेलामा मच्छिन्द्र बहालमा रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग गरिने विभिन्न काठको प्रदर्शनी, इतिटोलमा रातो मच्छिन्द्रनाथलाई काठमाडौँ उपत्यकामा ल्याउने राजा नरेन्द्रदेव, बन्धुदत्त आचार्य र ललित ज्यापूको मूर्ति, अग्निशालमा ज्यापू सङ्ग्रहालय लगायतको प्रदर्शनसमेत गरिने वडाध्यक्ष महर्जनले जानकारी दिए ।

मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै टोलको विशेषताअनुसार ऐतिहासिक महत्व बोकेका सामग्री प्रदर्शनी, स्थानीय कला संस्कृती समेतलाई ग्राहयता दिएर मेला सम्मपन्न गरिने बताइएको छ ।

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : ५० बजे