काठमाडौं
१९ पुस । जिल्ला प्रशासन कार्यालय ललितपुरको प्रमुखमा तुल्सीबहादुर श्रेष्ठ र प्रहरी प्रमुखमा शेखर खनाललाई जिम्मेवारी तोकिएको छ ।
गृह मन्त्रालयले आन्तरिक महाशाखामा कार्यरत तुल्सीबहादुर श्रेष्ठ र प्रहरी मुख्यालय नक्सालमा कार्यरत एसएसपी शेखर खनाललाई ललितपुर प्रहरी परिसरको जिम्मेवारी तोकिएको हो ।
केही दिनअघि ललितपुरको ग्वार्कोमा इपीएस परीक्षाको भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि गृहले प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख सिद्धिबिक्रमश शाहलाई फिर्ता बोलाएको थियो
।
गृह मन्त्रालयले घटनाको विषयमा छानबिन गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया