१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको टुंगुन खोलामा महाँकाल गाँउपालिकाद्धारा दिगो रुपमा ढुंगा उत्खननको तयारी



ललितखबर
२७ पुस । दक्षिण ललितपुरको टुंगुन खोलामा महाँकाल गाँउपालिकाले दिगो रुपमा ढुंगा र रोडा उत्खनन गर्ने भएको छ ।
महाँकाल गाँउपालिकाले यस खोलाको बगरबाट ढुंगा तथा रोडाजस्ता खानीजन्य पदार्थ उत्खननको प्रकृया अघि बढाएको हो ।
खानी सञ्चालनका लागि वातावरणीय प्रभाव तथा मुल्यांकन आईई गरेर मात्रै अनुमती लिन सकिने कानूनी प्रावधान रहेकाले गाँउपालिकाले सूचना प्रकाशित गरेर प्रकृया अघि बढाएको हो । आइईईको परामर्सदाता श्री विकल्प इन्जिनियरिङ कन्टल्टेन्सी प्रालि रहेको छ ।
गाँउपालिकाले सूचना प्रकाशित गरेर अस्पताल, स्वास्थ्य चौकी र विद्यालयहरुका के कसो असर पर्छ सो विषयमा राय सुझाव पेश गर्न सरोकारवाला व्यक्ति र संस्थालाई आह्वान गरेको छ ।
गाँउपालिकाकी उपाध्यक्ष डोल्मामायाँ गोलेले दिगो रुपमा ढुंगा खानी सञ्चालनका लागि नभई गाँउपालिकाको आन्तरिक खपतका लागि आईईई गर्न खोजिएको दावी गरिन् । उनले भनिन्, ‘गाँउपालिकामा अस्पताल र विद्यालय निर्माण हुँदैछ । यहाँका सडकका लागि पनि ढुंगा गिटी आवश्यकता रहेको छ । त्यसैका लागि गाँउपालिकाले ढुंगा रोडा उत्खनन गर्न लागेको हो ।’ पालिका अध्यक्ष गणेश केसीले भने भने यस विषयमा प्रतिकृया दिन चाहेनन् ।
प्रकाशित सूचनामा भने दिगो रुपमा खानी सञ्चालनका लागि भन्दै गुनासो माग गरिएको छ । सूचनामा सुझाव ७ दिनभित्र पेश गर्न भनिएको छ ।
टुंगुन खोला किनारमा चन्दनपुर, गोटीखेल, मानिखेल, बुखेल इकुडोल, कलवन,यास्पाजस्ता ठाँउमा बस्ती छन् । खोला किनारमा रहेका बस्ती वरपर ढुंगा खानी सञ्चालन गर्दा स्थानीयलाई असर गर्ने सम्भावना छ । पछिल्लो समय गोदावरी नगरपालिकाको लेले देविचौर र ढुकुछाप क्षेत्रमा खानी सञ्चालनपछि वातावरणमा नकारात्मक प्रभाव परेको भन्दै आलोचना हुँदै आएको छ । यहाँ प्रदुषण बढेको, निर्माणजन्य पर्दाथ ओसार पसार गर्दा सडक चाडै बग्रेको भन्दै स्थानीयबासीले गुनासो गर्दै आइरहेका छन् । साथै यहाँ अबैध उत्खखन बढेको, खानी सञ्चालकहरुसँग अबैध रुपमा हप्ता असुली बढेको, खानी सञ्चालकहरुले पैसा नदिए आन्दोलन गरेर असुली गर्ने चलन बढेको गुनासो सुनिन थालेको छ ।
स्थानीय विष्णुप्रसाद तिमल्सिनाले दक्षिण ललितपुरमा नहुनुपर्ने थियो त्यहि हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ढुग्गा गिटी सँकलन गर्दा बातावरण बिग्रने, धुवा धुलो टिपर क्रसरको आवाज आउने, बाटो खुलेपछि हुने गैरकानुनी उत्खनन हुने, हप्ते असुलिजस्ता बिकृति बढने,जँगल र बाताबरणमा असर पर्ने,खोला उत्खनन हुँदा बालुवा तथा पाँगो भरिएर अहिले रहेका धान खेतहरु उत्पादन योग्य नहुने उनको तर्क छ । तिमल्सिनाले टुंगुन खोलामा ढुंगा गिटी संकलनको काम तुरुन्त बन्द गर्नु पर्ने बताए ।
उनले दक्षिण ललितपुरको महाँकाल गाँउपालिकामा पर्यटन र कृषि पर्यटनको अपार सम्भावना रहेको औल्याउदै ट्रेकिङ र हाइकिङको लागि गाँउपालिकाले काम गर्नुपर्ने तर्क गरे ।
गाँउपालिकामा आर्थिक श्रोत नहुँदा दुर्गम क्षेत्रको विकास निर्माण गर्न कठीन रहेको बताउदै आएको छ । पछिल्लो समय गाँउपालिकाले पालिकाको श्रोत बढाउन दुधमा कर लगाउने निर्णय गरेर कार्यान्वन गरेपछि स्थानीय किसान आन्दोलित भएका थिए । गाँउपालिकाले स्थानीय व्यावसाय दर्ताको सूचना प्रकाशित गरे पनि जनसहभागिता प्रभावकारी नभएको बताएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ४ : २३ बजे