४ माघ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी ललितपुरका जिल्ला सदस्य विकेश सि को अल्पायुमै निधन भएको छ ।
आज विहान ९.३० बजे ललितपुर पाटन अस्पतालमा ३९ बर्ष उमेरमा उनको निधन भएको जिल्ला इन्चार्ज विपिन सि ले ललितखबरलाई बताए ।
उनका अनुसार जिल्ला सदस्य विकेश पित्त थैलीको क्यान्सरलगायत जटिल स्वास्थ्य समस्यासँग जुधिरेहका थिए ।
ललितपुर महानगर १६ मंगलबजारमा बसोबास गर्दै आएका उनी २०६३ सालदेखि माओवादीमा आबद्ध भएका थिए । पार्टीले शोक विज्ञप्ती प्रकाशन गरेर शोक व्यक्त गरेको छ । उनी नेवाः मुक्ति मोर्चाका केन्द्रिय सदस्य समेत थिए ।
४ माघ २०८०, बिहिबार
1.9k
Shares
प्रतिक्रिया