१० माघ । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् ।
नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय का अनुसार उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका छन् ।
घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।
तीनै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।
१० माघ २०८०, बुधबार
1.9k
Shares
प्रतिक्रिया