१० माघ । ललितपुरको इमाडोलबाट ७ किलो लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ३ महर्जन चोकबाट अवैध लागूऔषध गाँजा् करिब ७ किलोसहित सोही ठाउँ बस्ने ४२ वर्षीय बालकुमार बोगटीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरिएको हो । प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१० माघ २०८०, बुधबार
350
Shares
प्रतिक्रिया