१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सूमेरु सहकारीका पुर्व सञ्चालक भरत महर्जनसहित संचालकहरुविरुद्ध जिल्ला प्रशासनमा उजुरी



 

१३ माघ । ललितपुरमा कार्यालय खडा गरेर बचत तथा ऋणको कारोबार गरिरहेका सुमेरु बचत तथा ऋण सहकारीका पुर्वसञ्चालक भरत महर्जनसहित हाल सहकारीमा रहेका सञ्चालकहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुर र प्रहरी परिसर जावलाखेलमा उजुरी परेको छ ।
तीन सय ५३ जना बचतकर्ताको हस्ताक्षर रहेको उजुरी बुधबार जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा उनीहरुले ठगी र बचत अपचलन गरेको आरोप लगाउदै सहकारीका सञ्चालक तथा पूर्वसञ्चालकहरुबिरुद्ध जाहेरी दिएका हुन् ।
ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेलको सिफारिस समेत रहेको उजुरीमा आफूहरुको करिव २० करोड बचत फिर्ता नगरेको उनीहरुको दाबी छ ।


बचतकर्ता सुन्दरकृष्ण महर्जनसहित तीन सय ७३ जना बचतकर्ताले सदस्यहरुको आठ अर्ब भन्दा बढि बचत फिर्ता नभएको भन्दै उजुरी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई जाहेरी पत्र दिदै बचतकर्ता सुन्दरकृष्ण महर्जनले सहकारीमा जम्मा गरेको बचत फिर्ता हुने सुनिश्चितता नभएको बताए ।
बचतकर्ता भए पनि सुमेरु सहकारीले सञ्चालन गरेको सुमेरु अस्पताल र सुमेरु सिटी अस्पतालमा उपचार नपाएको उनीहरुको गुनासो छ ।

बचतकर्ता रामगोबिन्द महर्जन सहकारीका संस्थापक तथा पूर्वअध्यक्ष भरत महर्जन सहकारीमा समस्या आएपछि देश छोडर भागेका बताउछन् ।
सहकारीको सञ्चालक र पूर्वसञ्चालकहरुले वटा १८ प्राइभेट कम्पनीमा लगानी गरेको ती कम्पनीहरुबाट तुरुन्त पैसा फिर्ता हुने छाँटकाट नदेखेपछि बचत कर्ता प्रशासनमा गुहार माग्न पुगेका हुन् । पुर्वसंचालक महर्जन सहकारीमा समस्या आएपछि विदेश पलायन भएको घटनाबाट तर्सेका बचतकर्ताहरु अन्यः सञ्चालनहरु प्नि ती कम्पनी आफू अनुकूल बेचेर विदेश जाने आशंका गर्दै उजुरी दिन पुगेका हुन् ।

सहकारीका बचतकर्ताले दुःख गरेर कमाएको पैसा आपतविपतमा फिर्ता नपाएदा अप्ठ्यारो परेको बताउछन् । लामो समयदेखि सहकारीमा बचत फिर्ताका लागि उनीहरु धाउने गरेपछि बचत फिर्ता पाउन सकेका छैनन् ।
सहकारीका बचतकर्ता सहकारी रजिस्ट्रार कार्यालयमा चार पटक पुग्दा पनि समस्या समाधान नभएको बताउछन् ।
सञ्चालकहरु पैसा लुकाउन श्रीमतीसँग सम्बन्ध विच्छेदको नाटक गरेर झुक्याउन लागेका भन्दै बचतकर्ता आक्रोस पोखिरहेका छन् ।
उजुरी बुझेपछि प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले समस्या समाधानका लागि सहकारी विभाग र मन्त्रालयमा पत्राचार गरि समाधानका लागि पहल गर्ने आश्वासन दिए । बचत फिर्ताको काम गर्ने आफ्नो क्षेत्राधिकार नभएकोले सबै काम गर्न सक्ने अवस्था नरहेपनि पिडितको समस्या समाधान गर्ने श्रेष्ठको भनाई छ । ।

 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ४ : ३० बजे