२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको गोदावरीसहित राजधानी विभिन्न ठाँउमा चार जना मृत फेला



 

१५ माघ । ललितपुरको गोदावरी विशंखुनारायणसहित राजधानीका विभिन्न ठाँउमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर गोदावरी नगरपालिका २ गोदावरी विशंखुनारायण कान्लेचौरमा एक बृद्ध मृत अवस्थामा फेला परेका छ । उनी ससुराली घरमा बस्दै आएका थिए । ६२ वर्षीय कमल तामाङ रुम्बा शौचालयमा गएराति मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
ललितपुरकै ललितपुर महानगरपालिका १६ मंगलबजार नकबहिलस्थित ग्रिन तारा हेरिटेज होम होटल एण्ड लजमा विगत १ वर्षदेखि बस्दै आएकी जर्मन नागरिक ६० वर्षीया एडेल्कल्ड स्चन्केन्बल्गर सोमबार मृत अवस्थामा फेला फेला परेकी छिन् ।
यसैगरी सोही नगरपालिका १८ चोभार भन्ज्याङमा हाल पहिचान खुल्न नसकेको बालिका नवजात शिशुको शव सोमबार फेला परेको छ ।
काठमाडौं नागर्जुन नगरपालिका ४ मिलनटोल डेरा गरी बस्ने बागलुङ गल्कोट
नगरपालिका ११ घर भएका २५ वर्षीय दिनेश दर्जी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  २ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।