२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको गोदावरीसहित राजधानी विभिन्न ठाँउमा चार जना मृत फेला



 

१५ माघ । ललितपुरको गोदावरी विशंखुनारायणसहित राजधानीका विभिन्न ठाँउमा चार जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर गोदावरी नगरपालिका २ गोदावरी विशंखुनारायण कान्लेचौरमा एक बृद्ध मृत अवस्थामा फेला परेका छ । उनी ससुराली घरमा बस्दै आएका थिए । ६२ वर्षीय कमल तामाङ रुम्बा शौचालयमा गएराति मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।
ललितपुरकै ललितपुर महानगरपालिका १६ मंगलबजार नकबहिलस्थित ग्रिन तारा हेरिटेज होम होटल एण्ड लजमा विगत १ वर्षदेखि बस्दै आएकी जर्मन नागरिक ६० वर्षीया एडेल्कल्ड स्चन्केन्बल्गर सोमबार मृत अवस्थामा फेला फेला परेकी छिन् ।
यसैगरी सोही नगरपालिका १८ चोभार भन्ज्याङमा हाल पहिचान खुल्न नसकेको बालिका नवजात शिशुको शव सोमबार फेला परेको छ ।
काठमाडौं नागर्जुन नगरपालिका ४ मिलनटोल डेरा गरी बस्ने बागलुङ गल्कोट
नगरपालिका ११ घर भएका २५ वर्षीय दिनेश दर्जी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  २ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।