१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरमा आयुर्वेद पद्दतीबाट उपचार दश रुपैयाँमै



ललितखबर
१८ माघ । ललितपुरमा आयुर्वेद पद्दतीबाट विरामीको उपचार १० रुपैयाँमै हुने गरेको पाइएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा. श्रृष्टि श्रेष्ठका अनुसार नियमित उपचार गर्न आउने विरामीलाई १० रुपैयाँ लिएर उपचार गर्ने गरिएको जानकारी दिएकी छिन् ।
डा. श्रेष्ठका अनुसार पहिलोपल्ट उपचार गर्न आउँदा २० रुपैयाँ शुल्क लाग्ने भए पनि दोश्रो पल्टपछि ५० प्रतिशत छुट गरिएको छ ।
स्वास्थ्य केन्द्रले २३ प्रकारका औषधि निशुल्क दिने गरेको छ । यो शुल्कमा पनि ६५ बर्षमाथिका जेष्ठ नागरिकहरुलाई थप २५ प्रतिशत छुट हुने डा. श्रेष्ठ बताउछिन् ।
स्वास्थ्य केन्द्रमा अकुपञ्चर सेवा हप्ताको १ सय ५० देखि २ सय रुपैया तिरेर लिन सकिन्छ । जुन अन्यः आयुर्वेद क्लिनिक भन्दा धेरै सस्तो हो ।
ललितपुरका ६ वटै पालिकामा आयुर्वेद स्वास्थ्य सेवा उपलव्ध हुँदै आएको छ । ललितपुर महानगरको महालक्ष्मी स्थानमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालित छ भने गोदावरीको बज्रवाराही र विशंखुनारायणमा आयुर्वेद औषधालय सञ्चालित छ ।
ललितपुर महालक्ष्मी नगरपालिकाको लामाटार, महाँकालको गोटीखेल,वागमतीको छपेली,कोञ्ज्योसोमको चौघरेमा नागरिक आरोग्य सेवा केन्द्र रहेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्दमा बैद्य,कविराज अकुपञ्चरिष्टलगायत १२ जना कर्मचारीले सेवा दिइरहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ३ : १२ बजे