२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर अदालत प्रवेश गर्दा सेवाग्राहीलाई पाइन्ट खोल्न लगाउने दोषिलाई कारवाहीको माग



२४ माघ । ललितपुर जिल्ला अदालतले एक सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएको घटनामा ललितपुर बार एशोसिएसनले सत्य तथ्य जाँचबुझ गरि दोषिलाई कारवाही गर्न माग गरेको छ ।
एशोसिएसनले विज्ञप्ती मार्फत यस्ता घटना दोहोरिन नदिन सेवाग्राहीको समय, परिस्थिती र बाध्यतालाई मध्यनगर गर्दै सेवा प्रवाह चुस्त बनाउन अदालत प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।
एशोसिएसनका सचिव अधिवक्ता सोनम मोक्तानद्वारा जारी विज्ञप्तीमा घटनालाई गम्भिर रुपमा शुक्ष्म अध्ययन जरुरी रहेको औल्याएको छ ।


गतसोमबार ललितपुर जिल्ला अदालत लगनखेलमा अंश मुद्दाका लागि अदालत पुगेका धरानका सेवाग्राहीलाई च्यातिएको पाइन्टमा भित्र पस्न नपाइने भन्दै पाइन्ट खोल्न लगाएर भित्री ट्राउजरमा अदालतमा प्रवेश गराइएको थियो ।

अधिवक्ता दिनेश राज सत्यालका अनुसार सेवाग्राहीलाई प्रतिउत्तर फिराउने म्यादका लागि आएको र म्याद सकिनै लागेको भनेर अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईसँग अनुरोध गरे पनि उनले घर गएर पाइन्ट फेरेर आउन भनेका थिए ।
घटनाका सम्बन्धमा अदालत प्रशासनले कुनै प्रतिकृया दिएको छैन ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ६ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।