१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र हात्तीछाप : हात्ती आयो, फुस्सा



ललितखबर
२७ माघ । नेपालीमा एउटा उखान छ : हात्ती आयो, हात्ती आयो, फुस्सा । यो उखानको वास्तविक अर्थ बुझ्न मन लागे चलचित्र हात्तीछाप हेर्न चलचित्र भवन गए हुन्छ ।
नयाँ नयाँ चरित्रमा अभिनय गरेर नेपाली चलचित्रमा चर्चा कमाउन सफल सौगात मल्लको ‘बोटल राजा’को  अभिनय हेर्न ट्रेलर सार्वजनिक भएपछि दर्शक कुरेर बसेका थिए ।
चलचित्रका सफल अभिनेता दयाहाङ राई र अभिनेत्री बेनिसा हमालको जोडी चलचित्रमा देखिएपछि धेरैको अनुमान चलचित्र दमदार बनेकोमा भन्नेमा ढुक्क थिए ।
तर चलचित्र सोचेजस्तो छैन ।

चलचित्र हेर्दा बोटल राजालाई एउटा जड्याहा केटोको रुपमा उतारिएको छ । राजा भनेको यस्तो हुन्छ भन्दै चलचित्रमा अर्कै हिरोलाई अन्तिममा दिपकराज गिरीलाई देखाइएको छ । चलचित्रको कथामा के राजा ? कहाँको राजा ? भन्ने उत्तर पनि छैन । राजाको पहिरन पनि विभिन्न पदवी टाँसिएको राजाकालीन एउटा कोट र आधुनिक पाइन्ट र छालाको जुत्ता लगाएको देखिन्छ । जसले लामो कपाल पालेको छ । चलचित्रमा सौगातको भावभंगी, बोलीचाली र पोकाश हेर्दा राजा हुन् जस्तौ कही कतै लाग्दैन ।
एकातिर गाँउपालिकाको निर्वाचनको कथा देखाइएको छ । भने अर्कोतर्फ बोटल राजा वरिपरि कथा फनफनी घुमाइएको छ । उनी एकादेशका राजा हुन् कि लावव्यदेशका राजा कुनै पत्तो हुँदैन । कथाले केही भन्दैन ।
चलचित्रको सिक्वेल बनाउने लोभका कथालाई अलपत्र पारिएको छ । चलचित्र हेर्दा सफल चलचित्र ‘जात्रा’ र ‘नाङो गाँउ’ प्रभावित बनेको भान हुन्छ ।

नेपाली चलचित्रका दर्शकले रुचाएका जोडी दयाहाङ र उपासनाको चलचित्रमा रोमान्स भन्दापनि साना तिना झगडामा अल्झेका छन् । जुन दर्शकले झिजो मान्न सक्छन् ।

सौगात मल्ल
पछिल्लो पुस्ताका आशालाग्दो कलाकारका रुपमा सौगात मल्ललाई लिइन्छ । उनले अभिनय गरेका चलचित्रमा लोभलाग्दो चरित्र निर्माण गर्दै कलाकारिता गरिरहेका थुप्रै उदाहरण छन् ।
चलचित्र हात्तीछापमा पनि उनी शिशिर सिद्धविक्रम ‘बोटल राजा’को रुपमा पर्दामा देखिएका छन् । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै उनीसँगै चलचित्रको सर्वत्र चर्चा भयो । उनको अभिनय हेर्न कुरेर बसेका दर्शकले शुक्रबारबाट चलचित्र भवनमा पुगेर हात्तिछाप हेरे ।
बोटल राजाको चरित्रमा अभिनेता सौगातले नयाँ केही सकेका छैनन् । चलचित्रको प्रिमियरमा निर्देशक शोभित बस्नेतले नै मुख फोरेर भने, ‘सौगातले निर शाहको जस्तै ठ्क्कै राजाको कपि गरे ।’
चलचित्रमा सौगात राजाको भूमिकामा छन् । के राजा ? कुन राजा ? कस्ता राजा ? भन्ने खुलाउन नसक्नु निर्देशकको ्कमजोरी होला । तर अभिनेता सौगातले राजा झैं अभिनय गरेको देख्न पाइदैन । चलचित्र हेर्दा सौगात राजाजस्तो भेउ नै पाइदैन । राजा महेन्द्र, विरेन्द्र र त्रिभुवन हेरेर हुर्केको नेपाली समाजलाई राजा कस्तो हुन्छ भन्नु पर्दैन । चलचित्रमा राजा एउटा गुण्डा झैं प्रस्तुत गरिएको छ । उनले बोल्ने संवाद ठ्क्कैै निर शाहको जस्तै छ ।

बेनिशा हमाल
चलचित्रमा अभिनेत्री बेनिशाको भूमिका छोटो छ । पछिल्लो समय राम्रा चलचित्रमा अभिनय गरेर गहिरो छाप छोड्न सफल अभिनेत्री बेनिशाको अतिथी भूमिकामा खुम्चनु टिठलाग्दो छ । राम्रो क्षमता भएकी अभिनेत्री बेनिशाका लागि भूमिकाविहीन चरित्रमा उतार्नु निर्देशकको कमजोरी त हुँदै हो । अभिनेत्री बेनिशाले गुद्रुकको झोलमा जात नफलेको भए हुन्थ्यो । चलचित्रमा उनको अभिनय कला देखिन्न ।

उपासनासिंह ठकुरी
उपासना चलचित्रकी मुख्य कलाकारको रुपमा चलचित्रमा रहेकी छिन् । एउटी लक्ष्मी ठकुरी नामकी शिक्षकाको रुपमा चलचित्रमा अभिनय गरेको भए पनि कथाले शिक्षिका भनेर खडा मात्रै गरेको छ । चलचित्रको कथा नागबेली झै घुमेको कारण उनले शिक्षिकाको चरित्र चलचित्रमा देखाउनै पाएकी छैनन् । उनले चलचित्रमा खास चरित्र बोकेकी छैनन । अभिनय सामान्य लाग्छ ।
बेनिसाले अघिल्ला चलचित्रभन्दा केही फरक भने अवश्य गरेकी छिन् । उनको शहरिला लवज चलचित्रमा सुनिदैन । संवाद बोल्ने क्रममा उनको फरक अनुभूति गर्न पाइन्छ ।

दयाहाङ राई
नेपाली चलचित्र जगतमा सोझो युवकको छाप छोड्न सफल अभिनेता दायाहाङ चलचित्रमा अम्बर बहादुर मगर बनेर उस्तै खाले अभिनयलाई निरन्तरता दिएका छन् । चलचित्र नाङो गाँउ र दिमाग खरावमा झैं राजनीतिका लागि इख बोकेको युवकको भूमिकामा यस चलचित्रमा उनी उत्रेका छन् । चलचित्रको चरित्र र कला यी दुई चलचित्रको जस्तै ठ्क्कै मिल्छ । अभिनय शैली र हाउभाउ पनि दुरुस्तै छ ।

चलचित्रमा कलाकार छलबहादुरको रुपमा कलाकार विजय बरालले जनता छल्न सफल छन् । उनको  शैली नयाँ छ । तर चलचित्रमा खास प्रभाव छोड्न सफल छैनन् । चलचित्रमा बुद्धि तामाङले पनि सदाबहार चरित्र र अभिनयलाई निरन्तरता दिएका छन् । उनले नयाँ केही देखाएका छैनन् । विल्सनविक्रम राईको पुरानै पारा चलचित्रमा दोहो¥याइएका छन्  । हसाँउने दृश्यमा उनीहरुको अनिनय  हाँस्न लायक छ ।
चलचित्रको कथा सलल बगेको छैन । कथामा थुप्रै अलमल देखिन्छ भने पटकथा पनि कमजोर छ । चलचित्रको कथा चाउचाउ घुमेझैं फनफनी घुमाइएको छ । चलचित्र हेर्दा हलमा निन्द्रा चाही लाग्दैन, अल्छी लाग्छ । चलचित्रले अव के होला ? भन्ने कौतुहल जगाउदैन ।
अम्बर र लक्ष्मी ठकुरीको रोमाञ्स अघि बढाउन मायालु शिर्षकको गीत सफल छ तर चलचित्रमा गीत संगीतले अगुवाई गरेको देखिदैन ।  चलचित्रमा द्वन्द्वको दृश्यले कुनै प्रभाव राख्दैन ।
निर्देशक सिमेस सुनुवारले चलचित्र हात्तीछाप अघि फस्ट लभ,झ्यानाकुटी,घामट शेरेर मिसन पैसालगायतका चलचित्र निर्देशन गरेका थिए । सफल चलचित्र दुई नम्बरीका उनी निर्माता हुन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  २ : ४० बजे