ललितखबर
२ फागुन । नगरपालिकामा नगर प्रहरी त सुनिएकै हो । अव नगर प्रहरी जस्तै दक्षिण ललितपुरको महाँकाल गाँउपालिकामा ‘गाँउ प्रहरी’ नियुक्त हुने भएका छन् ।
दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले ‘गाँउ प्रहरी’ करारमा नियुक्ति प्रकृया सुरु गरेको छ ।
गाँउपालिका अध्यक्ष गणेश केसीले महाँकाल गाँउपालिकामा ४ जना गाँउ प्रहरी नियुक्ती प्रकृया सुरु गरिएको ललितखबरलाई जानकारी दिएका छन् ।
अध्यक्ष केसीले आन्तरिक श्रोतबाट प्रहरीलाई तलव दिने तयारी गरिएको बताएका छन् ।
उनका अनुसार एक जना महिला र ३ जना गाँउ प्रहरी नियुक्त गरिनेछ । तत्कालका लागि चार जना प्रहरी नियुक्त गरिने आवश्यक परे पछि थप गरिने गाँउपालिकाको योजना छ ।
पालिका अध्यक्षका अनुसार गाँउप्रहरी व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०८० अनुसार गाँउप्रहरी नियुक्त गर्न लागिएको हो ।
आधारभूत तह पुरा गरेका १८ बषदेखि ४५ बर्षभित्रका उम्मेदवारले आवेदन दिन गाँउपालिकाले सूचना प्रकाशन गरेको छ । शुल्क ३ सय लाग्नेछ भने यही फागुन १७ गतेसम्म आवेदन दिईसक्नु पर्नेछ ।
२ फाल्गुन २०८०, बुधबार
2.6k
Shares
प्रतिक्रिया