१३ फागुन । प्रधानमन्त्री कार्यालयमा बैठक बसेको समाजवादी मोर्चाको बैठकले मिटर ब्याज पीडितहरूको समस्या समाधान गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा महासचिव विप्लव सीको अध्यक्षतामा बसेको बैठकले समाजवादी मोर्चाले सो निर्णय गरेको हो ।
सरकारमा बसेका दलहरुसमेत सम्मिलित मोर्चाले नाराहरू सडकमाच भित्ते लेखन गर्ने समेत गर्ने निर्णय गरेको छ ।
नेकपा मशालसहित वामपन्थीहरूलाई समाजवादी मोर्चाको विस्तारका लागि पत्रचार गर्ने,ाठमाडौंसहित प्रदेश सदरमुकाममा अन्तरक्रिया गर्ने र समाजवादी मोर्चाको मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सबै पार्टीका शिर्ष नेताहरू र नेकपाको तर्फबाट महासचिव विप्लवसहित स्थायी समिति सदस्य विषम् सी, शिलु सीको उपस्थिति रहेको थियो ।
मोर्चाको फागुन ६ गते बसेको बैठकले विप्लवलाई समाजवादी मोर्चाको संयोजक बनाउने निर्णय गरेको थियो ।
१३ फाल्गुन २०८०, आइतबार
12
Shares







प्रतिक्रिया