२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरपालिकाले बडिखेलका अग्नीपिडित पहरी परिवारलाई पाँच पाँच लाख दिने



ललितपुर
१८ वैशाख । गोदावरी नगरपालिकाले बडिखेलस्थित तपेश्वर जंगलमा आगोले जलेर मृत पहरी परिवारलाई पाँच लाख दिने निर्णय गरेको छ । आज बसेको नगरपालिकाको आकस्मिक बैठकले परिवारजनलाई राहतस्वरुप पाँच पाँच लाख दिने निर्णय गरिएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
ललितपुर गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय शङ्कर पहरी र रमेश पहरी घाइते भएका थिए । उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये मंगलबार नै शङ्कर पहरीको मृत्यु भएको हो ।
गम्भिर अवस्थामा उपचार गराई रहेका रमेश पहरी आज विहान मृत्यु भएको थियो ।
नगरपालिकाले आगो नियन्त्रणमा सधाउने प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना, अग्नी नियन्त्रक,स्थानीयबासी र सामुदायिक प्रहरीप्रति कृतज्ञता व्यक्त गरेको छ । समयमै दमकल उपलव्ध गराउने ललितपुर महानगर र नेपाली सेलालाई नगरपालिकाले धन्दवाद व्यक्त गरेको छ ।
ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको थियो । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेपछि सुरक्षाकर्मी र अग्नी नियन्त्रकले आगो निभाएका थिए । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको थियो । ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको हो । यस्तै डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको थियो ।

 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।