२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरपालिकाले बडिखेलका अग्नीपिडित पहरी परिवारलाई पाँच पाँच लाख दिने



ललितपुर
१८ वैशाख । गोदावरी नगरपालिकाले बडिखेलस्थित तपेश्वर जंगलमा आगोले जलेर मृत पहरी परिवारलाई पाँच लाख दिने निर्णय गरेको छ । आज बसेको नगरपालिकाको आकस्मिक बैठकले परिवारजनलाई राहतस्वरुप पाँच पाँच लाख दिने निर्णय गरिएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
ललितपुर गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय शङ्कर पहरी र रमेश पहरी घाइते भएका थिए । उनीहरूलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये मंगलबार नै शङ्कर पहरीको मृत्यु भएको हो ।
गम्भिर अवस्थामा उपचार गराई रहेका रमेश पहरी आज विहान मृत्यु भएको थियो ।
नगरपालिकाले आगो नियन्त्रणमा सधाउने प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना, अग्नी नियन्त्रक,स्थानीयबासी र सामुदायिक प्रहरीप्रति कृतज्ञता व्यक्त गरेको छ । समयमै दमकल उपलव्ध गराउने ललितपुर महानगर र नेपाली सेलालाई नगरपालिकाले धन्दवाद व्यक्त गरेको छ ।
ललितपुरको गोदावरी स्थित लेले जङ्गलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको थियो । आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पताल जोखिममा परेपछि सुरक्षाकर्मी र अग्नी नियन्त्रकले आगो निभाएका थिए । आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको थियो । ९३ जना बिरामीलाई सुरक्षित ठाउँमा सारिएको हो । यस्तै डढेलोमा फसेका १५ जनाको पनि उद्धार गरिएको थियो ।

 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।