९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


महालक्ष्मी १० को वडा कार्यालय ५० लाख लागत बढाएर निर्माण



पाटन (ललितपुर)
२९ वैशाख । महालक्ष्मी नगरपालिकाको लाकुरी भञ्ज्याङस्थित वडा कार्यालय लागत अनुमानभन्दा ५० लाख बढाइएर सम्पन्न गरिएको खुलेको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलका अनुसार यस वडा कार्यालय भवन निर्माणका लागि रु दुई करोड २४ लाख ७४ हजार तीन सय पाँच लागत अनुमान गरिएको भए पनि निर्माणका क्रममा लागत बढेर रु दुई करोड ७४ लाख नौ सय ६१ म पुगेको बताएका छन् ।
वडा नं १० का अध्यक्ष विजय लामाले वडाको केन्द्रबिन्दुमा रहेको ठाउँमा निर्मित भवनबाट जनतालाई प्रत्यक्ष प्रदान गरिने सेवा तथा कार्य सम्पादनमा सहजता हुने दाबी गरे । उनले सेवाग्राहीको पहुँचका लागि सडकको स्तरोन्नति गर्न प्रयत्नशील रहने बताउँदै सीमित स्रोत र साधनका बीच नागरिकलाई सन्तुष्ट पार्ने गरी सेवासुविधा प्रदान गर्ने बताए । चार सय ५० घरधुरी रहेको यस वडामा दुई हजार पाँच सयको हाराहारीमा जनसङ्ख्या रहेको उनले जानकारी दिए ।
उपप्रमुख लक्ष्मी महर्जनले स्थानीयको बाक्लो बस्ती रहेको स्थानमा शिलान्यास भएको वडा कार्यालय भवन निर्माण एक वर्षमा नै सम्पन्न गरिएको बताइन् । उनले ‘समृद्ध र सुशासनयुक्त महालक्ष्मी नगर’ बनाउन अरु वडाका कार्यालय भवन तथा नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्ने बताइन् ।

नगरपालिकाको आन्तरिक आर्थिक स्रोत कम भएको उपप्रमुख महर्जनले यहाँको सबै वडाको समानुपातिक विकासका लागि केन्द्रीय तहबाट बजेटका लागि पहल गरिदिनुहुन सभामुखलाई आग्रह गरिन् ।
महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोबिन्द महर्जनले वडा नं १० लाई महत्व दिएर बजेट व्यवस्थापन गरिरहेको बताए । उनले यस क्षेत्रको तामाङ समुदायको आर्थिक, सामाजिक विकास, पर्यटन पूर्वाधार विकासका लागि काम गरिरहेको उल्लेख गरे ।

नगरप्रमुख महर्जनले यस ठाउँको विकासका लागि २० रोपनीको क्षेत्रमा फुटबल ग्राउन्ड बनाउने तयारी रहेको जानकारी दिए । लाँकुरी भञ्ज्याङलाई पर्यटकीय क्षेत्र बनाउनका लागि गुरुयोजना तयार गरिरहेको पनि उनले बताए ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले पहिलो कार्यकालमा आफू नगरप्रमुख हुँदा स्वच्छ, सफा, समृद्ध र सुन्दर नगरपालिका बनाउने कार्ययोजना तय गरेको बताए । उनले वडा कार्यालय भवन समयमै निर्माण सम्पन्न गरेकामा निर्माण व्यवसायीलाई धन्यवाद व्यक्त गरे ।

मन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा ६८ वटा ऐन, कानुन बनाएको जानकारी गराउँदै विभिन्न प्राविधिक कारणले नगरपालिका भवन निर्माण हुन नसकेको बताए । उनले प्रदेश तहबाट हरेक किसिमले महालक्ष्मी नगरपालिकाको समृद्धिका लागि क्रियाशील रहने प्रतिबद्धता जनाए ।

आफू सदैव पारदर्शिता र सुशासनलाई अवलम्बन गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै मन्त्री श्रेष्ठले बागमती प्रदेशका अतिविपन्न नागरिक, लोपोन्मुख जाति, आश्रित व्यक्तिहरु, महिला स्वयंसेविका र अपाङ्गता भएका व्यक्तिहरुको बीमा रकम मन्त्रालयले तिरिदिने व्यवस्था गरेको बताए ।

मन्त्री श्रेष्ठले उत्पादनसँग जोडिने युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउनका लागि स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय गरी आगामी वर्षको प्रदेश मन्त्रालयअन्तर्गतको बजेट आउने जानकारी गराए । उनले पूर्वाधार विकासका साथै मानवीय विकासका लागि स्वास्थ्य, शिक्षा र रोजगारको क्षेत्रमा स्थानीय सरकारलाई सवलीकरण गर्न प्रदेश तहबाट लागिपर्ने बताए ।
प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले ग्वार्काेबाट पनौतीसम्म पुग्ने यहाँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउने कार्यमा लाग्ने र यहाँको पर्यटन विकासमा क्रियाशील रहने बताए । उनले नगरकोट र धुलिखेल जस्तै पर्यटकीय क्षेत्र बनाउनका लागि सङ्घीय सांसदका रुपमा लागिपर्ने बताए ।

सांसद महर्जनले स्थानीय उत्पादनलाई बजारीकरण गरेर समृद्धि हासिल गर्नतर्फ लाग्न आग्रह गर्दै त्यसका लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए । महालक्ष्मी क्षेत्रको औद्योगिक, सांस्कृतिक र पर्यटकीय विकासमा सबैले हातेमालो गरेर लाग्नुपर्नेमा उनको जोड थियो ।
भ्वनको सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ४ : ४३ बजे