१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सुन्दर हिमाली गाँउको कथा र व्यथा : चलचित्र ‘घरज्वाई’



 

३१ वैशाख । पछिल्लो समय नेपाली चलचित्रमा गाँउघरको मौलिक कथा पस्कने चलन बढ्दो छ । गाँउ,घर,उकाली, ओराली अनि पाखापखेराको रैथाने जीवनको सुखदुख हेर्ने बानी परेका शहरिया दर्शकका लागि अर्को चलचित्र घरज्वाई प्रर्दशनको क्रममा छ ।
पूर्वी रुकुममा छायांकन गरिएको चलचित्रको सार्वजनिक टिजर अनुसार अभिनेता दयाहाङ राई र मिरुना मगरको मिठो रोमान्स चलचित्रमा हेर्न पाइन्छ । पहाडमा मास्टरी जागिर गरेर बसेका पुरुष पात्र कसरी घरज्वार्इं बस्ने प्रसंगसम्म कथा अघि बढ्छ भन्ने बुझ्न चलचित्र हेर्न असार २८ गतेपछि हलमै जानु पर्ला । कस्तो चलचित्र बनेको छ भन्ने छनक दिने टिजर भने भर्खरै बुढासुव्वा डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
चलचित्रमा दयाहाङ र मिरुनासँगै अन्य कलाकारहरुमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय रहेको छ ।
जिएम मुभीज र एबीएम सिनेमा प्रोडक्सन ब्यानरमा निर्माण भएको सिनेमा जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

सिनेमेट्रोग्राफर सुसन प्रजापतिले खिचेका चलचित्र सिनेमाको कथा, निर्देशन अनिल बुढामगरको रहेको छ । चलचित्रको पटकथा तथा संवाद भने बिनोद खतिवडा र सुभाष कोइरालाको रहेको छ ।

चलचित्रको गीत हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने चलचित्रको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो ।
एमएसएमले अष्ट्रेलियाले चलचित्रको बिदेश प्रदर्शन अधिकार खरिद गरेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ०६ बजे