२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पाटन भ्रमणमा पूर्वराजा ज्ञानेन्द शाहलाई न्यानो स्वागत (तस्बिरहरु)



ललितखबर
ललितपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले पाटन दरबार क्षेत्रलगायतको अवलोकन भ्रमणका क्रममा स्थानीयबासीले न्यायो स्वागत गरेका छन् ।
अपरान्ह ३ बजे पाटन बंगलामुखी पुगेका पूर्वराजा शाहलाई पञ्चकन्याले स्वागत गरेका थिए ।


उनले बंगलामुखी र कुम्बेश्वर मन्दिरमा पुजाअर्चना गरे । बंगलामुखीबाट गोल्डेन टेम्पल र नजिकै रहेको संकटा मन्दिरमा दर्शन गरेपछि उनी हिडेरै पाटन दरवार परिसर पुगे । उनलाई स्वागत गर्न पाटनबासीको भीड थियो ।


सहभागीहरु हत हातमा फूल बोकेर लामो समय कु्रिरहेको देखिन्थ्यो । पुर्वराजा पाटन कृष्ण मन्दिरमा भेला भएका शुभेच्छुकसँग भेट गर्दै पुक्ष्पगुच्छा लिएका हुन् । केही शुभेच्छुकसँग उनले सेल्फी समेत खिचाए भने मन्दिर परिसरमा कात्तिक डवलीमा कात्तिक नाचको केही अंश देखाइएको थियो ।


पुर्वराजा ज्ञानेन्द्रले कृष्ण मन्दिरका पुजारीहरुसँग टिका र माला ग्रहण गरेर फर्केका थिए ।

साथै उनले पाटनको गोल्डेन टेम्पल, बगलामुखी, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतमा पूजाआजासमेत गरेका थिए।

पाटनमा पूर्वराजा शाहलाई स्थानीयले भब्य स्वागत गरेका थिए।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ३ : १२ बजे