७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ठमेलबाट चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ



काठमाडौँ
१३ जेठ । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक किलोग्राम १०१ ग्राम कोकिनसहित कङ्गोलियाका नागरिक ४९ वर्षीय अपुला एकुत्सु बोंगोलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले दुबईबाट यही जेठ ४ मा नेपाल आएकी अपुलाले झोलाभित्र लुकाएर राखेको अवस्थामा जेठ ११ गते शुक्रबार ठमेलबाट पक्राउ गरिएको जानकारी दिएका छन् । झोलाभित्र प्लास्टिकमा ¥यापिङ गरी राखिएका ८५ वटा क्याप्सुलसहित प्रहरीले उक्त कोकिन फेला पारेको हो ।

पक्राउ परेकी अपुलाले उक्त क्याप्सुल पेटभित्र निलेर लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रवक्ता कार्कीले बताए । उक्त कोकिनको बजार मूल्य रु तीन करोड ८५ लाख बराबर हुने प्रहरीले बताएको छ ।

पक्राउ परेकी उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

 

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ४ : ४४ बजे