९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको बेरुजु रकम शुन्य



ललितखबर
१४ जेठ । ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको आर्थिक बर्ष ७९÷८० मा बेरुजु रकम शुन्यमा झार्न सफल भएको छ ।
देशभरका ७ सय ५३ स्थानीय तहमा ५ वटा गाँउपालिकाको बेरुजु शुन्य रहेकोमा कोञ्ज्योसोम पनि परेको गाँउपालिकाका अध्यक्ष कृष्णमान लामाले बताए ।
उनले पारदर्शी र नियमानुसार काम गरेको कारण शुन्य बेरुजु बनाउन सफल भएको ललितखबरलाई जानकारी दिएका छन् । लामाले भने, ‘यसमा कर्मचारी प्रशासन, उपभोक्ता समिती र जनप्रतिनिधि सबैको भूमिका छ ।’
ललितपुरका सबैभन्दा धेरै बेरुजु गोदावरी नगरपालिकामा रहेको पाइएको छ । गोदावरीको १ लाख ५० हजार ६१६ बेरुजु रकम रहेको छ ।

आर्थिक वर्ष २०७९र८० मा पाँच स्थानीय तहको बेरुजू शून्य देखिएको छ । काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याकवरक, ताप्लेजुङको पाथिभरा याकवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजू शुन्य देखिएको हो ।

महालेखापरीक्षकको कार्यालयले आईतबार सार्वजनिक गरेको ६१औँ बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९र८० मा ती स्थानीय तहको बेरुजू नभएको उल्लेख छ । कार्यालयकाअनुसार सातै प्रदेशका ७ सय ५३ स्थानीय तहमध्ये मध्ये ७ सय ४६ स्थानीय सरकारको लेखापरीक्षण गरिएकामा पाँच तहका शुन्य बेरुजू देखिएको छ ।

आइतबार सार्वजनिक महालेखा परीक्षक कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा हालसम्मको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।
गत वर्षको भन्दा यो सवा २ खर्ब रुपैयाँले बढी हो । गत वर्ष बेरुजु रकम ९ खर्ब ५९ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ४ : ४९ बजे