ललितपुर
१५ जेठ । ललितपुरमा प्रधानाध्यापक सङ्घ गठन भएको छ । श्री बुद्धमाविका प्रधानाध्यापक प्रेमपति जोशीको अध्यक्षतामा २५ सदस्यीय कायसमिती गठन गरिएको हो ।
गोदावरीमा सम्पन्न भेलाले प्रेमपति जोशीको अध्यक्षतामा उपाध्यक्ष एक बहादुर भण्डारी महालक्ष्मी ,सचिव हरिप्रसाद खनाल महानगर ,सहसचिव महेश घिमिरे बागमती ,कोषाध्यक्ष छायाँकुमारी यादव गोदावरीलाई निर्विरोध निर्वाचित समेत गरेको हो ।
कार्यसमितिमा गोदावरीबाट रहरबहादुर श्रेष्ठ, अन्जना केसी, सीताराम खड्का, बद्रि पौडेल त्यसैगरी महाङ्कालबाट रमेश प्रसाद घिमिरे, नवराज दाहाल, शर्मिला लामिछाने,बागमतीबाट थलप्रसाद तिमल्सिना, इश्वर सञ्जेल,रामप्रसाद घिमिरे,कोन्ज्योसोमबाट प्रेमप्रकाश भट्टराई,राजेन्द्र हुमगाई,महालक्ष्मीबाट भरतबाबु खनाल,ठाकुर प्रसाद उपाध्याय, सुनिता छत्कुली,महानगरबाट देवरत्न महर्जन,आशादेवी महर्जन ,ज्ञानभक्त महर्जन, बिना शाक्य रहेको २५ सदस्यीय समिति गठन भएको निर्वाचन समितिका संयोजक मीन बहादुर अछामीले जानकारी दिए ।
प्रधानाध्यापक सङ्घका परिकल्पनाकार सुदाम प्रसाद गौतमले यो संस्था कुनै पनि पेशागत संघ संगठनको प्रतिस्पर्धाको लागि गठन नभएको विचार ब्यक्त गरे । गौतमले विद्यालय सुधार र प्रधानाध्यापकले राम्रो नतिजा निकाल्न सक्ने विद्यालय बनाउने, सिपको प्रयोग गर्न र पेशागत विकासका लागि संस्थाको स्थापना गरेको उनको भनाई छ ।
नवनिर्वाचित प्रधानाध्यापक सङ्घका ललितपुर अध्यक्ष प्रेमपति जोशीले आफ्नो विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने हिसाबमा अगाडि बढ्नुपर्ने र अहिले भएका पेशागत संघ संगठनहरूको पनि सम्मान गर्दै अगाडि बढ्नुपर्ने तर्क राखे ।
कार्यक्रममा जिल्ला समन्वय समिती अध्यक्ष ऋषिराम फुँयाल,गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन,शिक्षा विकास तथा समन्वय इकाई प्रमुख निम प्रकाश सिंह राठौर ,प्रधानध्यापक संघका केन्द्रीय अध्यक्ष श्री सुदाम प्रसाद गौतम, शिक्षा ,युवा तथा खेलकुद शाखा गोदावरीका प्रमुख श्री दीनानाथ पन्थीलगायतको सहभागिता थियो ।
प्रतिक्रिया