७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ठूलो परिमाणमा नक्कली नोटसहित ४ जना युवक सिम्रौनगढबाट पक्राउ



 

१६ जेठ । प्रहरीले ठूलो परिमाणमा नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार नक्कली नेपाली रूपैयाँ १३ लाख १६ हजारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका–६ बस्ने २५ वर्षीय राजन चौधरी, सोही नगरपालिका–५ बस्ने १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका–१ बस्ने १९ वर्षीय मोहन कुमार साह र भारत विहार मोतिहारी थाना झरौखर पञ्चायत कबैया ग्राम खरसलवा–७ बस्ने ४० वर्षीय महमद आलम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले मोहन कुमार साहलाई सिम्रौनगढ नगरपालिका–९ सानो बसवरीयाबाट वीआर ०६ एडब्लु २७५८ नम्बरको मोटरसाइकलसहित १ हजार दरको ७ सय ७ थान र सिम्रौनगढ नगरपालिका–९ ठूलो बसवरीयाबाट साइकलमा आउँदै गरेका महमद आलमलाई १ हजार दरको ६ सय ९ थानसहित पक्राउ गरेको हो ।
साथै राजन र आकाशलाई उक्त कार्यमा संलग्न रहेको खुल्न आएपश्चात उनीहरूलाई समेत पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनकारी दिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ४ : ०३ बजे