३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पश्चिम तराईमा पर्सिसम्म ‘लू’ चल्ने, १० दिनमा मनसुन नेपाल भित्रिने



१८ जेठ । मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा पर्सि आईतबारसम्म ‘लू’ चल्ने चेतावनी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।

शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ ।

महाशाखाले पश्चिम तराईका जिल्लाहरूमा आईतबारसम्म तातो हावा (लू) चल्ने पूर्वानुमान गरेको छ ।

मनसुन प्रवेश नभएसम्म गर्मी अत्यधिक रहने देखिएको महाशाखाले जनाएको छ । भारतको केरालामा मनसुन प्रवेश गरेको ३ दिन भइसकेको छ । मनसुन नेपाल भित्रिन अझै १० दिन लाग्ने जनाइएको छ ।

अत्यधिक गर्मीका कारण तराईका जिल्लाहरूमा जनजीवन कष्टकर बनेको छ भने विद्यालयहरू बन्द गरिएका छन् । राजधानी काठमाण्डु उपत्यकामा पनि गर्मी अत्यधिक बढेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ३ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।