३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ



फिक्कल (इलाम)
१८ जेठ । इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् ।
इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुर राईलाई आज पक्राउ गरिएको हो ।
रामबहादुरलाई माई नगरपालिका–१० ढोडेनी जङ्गलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले जानकारी दिएका छन् । “उनीमाथि थप अनुसन्धान सुरु गरेका छौँ”, उनले भने ।
घरायसी विवादमा रामबहादुरले बुबा दिलबहादुरलाई चिर्पटले हिर्काएर सख्त घाइते बनाएका थिए । उनको उपचारका लागि झापाको विर्तामोड अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  १ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।