१९ जेठ । पुर्वस्वास्थ्यमन्त्री गगन थापाले १४ करोड भ्रष्टाचारमा संलग्न भएको विषयका प्रमाणहरु आफूसँग भन्दै नियमित रुपमा स्ट्रिङ अपरेसन गरिरहेका राजकुमार तिमल्सिनाले एक टेलिभिजन कार्यक्रममा बताएका छन् । उनले सो प्रमाण चाँडै सार्वजनिक गर्ने समेत बताएका छन् ।
एनले नेपालमा धेरै भष्ट्राचारका काण्ड नेपाली काँग्रेसको पालामा भएको दाबी गरे । उनले एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी ओलीले नाकाबन्दी खुलाएको, चुच्चेनक्साको सवालमा अडान दिएको भन्द्र प्रसंसा समेत गरेका छन् ।
तिमल्सिनाले स्ट्रिङ अपरेसनमार्फत अख्तियार दुरुपयोग आयोगलाई भष्ट्राचार नियन्त्रणमा सहयोग गरिरहेका थिए । उनले गरिरहेको स्ट्रिङ अपरेसनमाथि विभिन्न व्यक्तिले प्रश्न उठाउदै्र बार्गेनिङ गरेको आशंका व्यक्त गरेका थिए ।
उनले देशमा अव धेरै जेल आवश्यक रहेको बताए ।
गगन थापा मात्रै नभई धेरै नेताहरुको अनियमितताको फाइल आफूसँग रहेको बताए ।
उनले आफूसँग तत्काल ३५ वटा अनियमितताका फाइल रहेको र राज्यले अनुसन्धान गरेर कारवाही गर्न चाहे आफूले दिने बताए ।
उनले धेरै घटनामा आफू पिडित रहेको उनको भनाई छ ।
प्रतिक्रिया