१९ जेठ । ललितपुरको इमाडोल टेम्पोपार्कमा मध्यराती मोटर साइकल र स्कुटर एक आपसमा ठक्करपछि दुवै सवारीका चालकको दुखद मृत्यु भएको छ ।
ललितपुर प्रहरीका अनुसार शुक्रबार मध्यराती १२ बजेतिर इमाडोल टुम्पोपार्क सडकमा बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएका थिए ।
दुर्घटनापछि दुवै सवारी साधनका चालक गम्भीर घाइते अवस्थामा अस्पताल पु¥याइएको थियो ।
जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेशराज सुवेदीका अनुसार स्कुटर चालक काठमाडौंको साखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको उपचारका क्रममा बिहान साढे २ बजे किष्ट अस्पताल ग्वार्कोमा मृत्यु भएको थियो ।
अर्का मोटरसाइकलका चालक खोटाङको साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लकेश राईलाई उपचारका लागि बि एन्ड बी अस्पताल पु¥याइएकोमा आज आज बिहान ६ः२५ बजे मृत्यु भएको छ ।
दुर्घटनाका सन्दर्भमा ललितपुर प्हरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१९ जेष्ठ २०८१, शनिबार
1.2k
Shares
प्रतिक्रिया