७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज पनि भूकम्पको धक्का महसुस



काठमाडौँ
२२ जेठ । आज पनि नेपालमा भूकम्पले धक्का दिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाका अनुसार दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प आज गएको हो ।
आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएकोे उनले जानकारी दिएका छन् ।
अनुसन्धान केन्द्रका प्रमुख कोइरालाले भने, “दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन । ।”
हिजो सोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङ जिल्लाको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
सो भुकम्प तीन दशमलव सात रेक्टरस्केलको भूकम्प थियो ।

यसअघि गत चैत ४ गते रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ५ : ५७ बजे