७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काभ्रे अर्जुन लामा हत्या घटनाः माओवादी उपाध्यक्ष सापकोटा संलग्न भनिएको मुद्दाको फैसला असार १२ मा आउने



२३ जेठ । सर्वोच्च अदालतले नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटासँग जोडिएको हत्यासम्बन्धी मुद्दाको फैसला आगामी असार १२ गते सुनाउने भएको छ । काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी सापकोटा विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ सकिएकाले फैसला सुनाउने मिति तोकिएको हो ।
अग्निप्रसाद सापकोटाविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले १२ असारमा निर्णय सुनाउने जनाएको हो । संवैधानिक इजलासले सापकोटा विरुद्धको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै तीन सातापछि निर्णय सुनाउने मिति तोकेको हो ।
बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएको हो । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले मुद्दाको सुनुवाइ सकिएको र आजै संक्षिप्त आदेश वा निर्णय हुनसक्ने बताए ।

२०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा सापकोटा सूर्यमान दोङसहितका माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन् । यसको सुनुवाइ सकिएर फैसला आउन लागेको हो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ४ : १२ बजे