२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गृहमन्त्रीले सहकारीको समाचार लुकाउन असफल प्रयास गरेको सिरोहियाको आरोप(भिडियो)



२५ जेठ । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेमाथि कान्तिपुर दैनिकमा आफूविरुद्धको समाचार रोक्ने असफल प्रयास गरेको आरोप लगाएका छन् । कान्तिपुरले समाचार रोक्न नमानेपछि मिडिया ग्रुपका सीईओ कैलाश सिरोहियालाई पक्राउ गरिएको उनको दाबी छ ।

‘सहकारीको ठगी गरेको विषयलाई जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनका लागि, मिलाइदिनका लागि, तर हामीले मानेनौं,’ उनले भने, ‘त्यसैले आफ्नो शक्ति दुरुपयोग गर्दै झुटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश सिरोहियालाई पक्राउ गर्नुभयो ।’

कैलाश सिरोहियाले नागरिकतामा किर्ते गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई कान्तिपुर दैनिककै कार्यालयबाट गत जेठ ८ गते पक्राउ गरेको थियो । ९ दिन हिरासतमा बसेपछि उनी गत १६ जेठमा हाजिर जमानीमा छुटेका थिए । त्यसको ८ दिनपछि कैलाशका छोरासमेत रहेका सम्भवले मुख खोलेका हुन् ।

 

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ७ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।