१२ असार २०८१, मंगलबार | Wed Jun 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका पालिकामा एमालेको नयाँ नेतृत्व चयन



ललितपुर
२७ जेठ । ललितपुरका स्थानीय तहमा नेकपा एमालेको नयाँ नेतृत्व चयन हुने सुरु भएको छ ।
गतचैत्रमा जिल्ला कमिटिको नवौँ अधिवेशनपछि यही जेठ मसान्तसम्म स्थानीय अधिवेशनहरु सम्पन्न गर्नुपर्ने केन्द्रिय कमिटिको सर्कुलर अनुसार ललितपुरको गोदावरी, वागमती, महाँकाल र कोञ्ज्योसोम कमिटीका अधिवेशनपछि नयाँ नेतृत्व निर्वाचित भएका छन् ।
गोदावरी नगर कमिटिको अधिवेशनबाट विक्रम घिमिरे, बाग्मती गाउँपालिकामा नवराज सञ्जेल, कोन्ज्योसोममा कविन्द्र लामा, महाङ्कालमा राजकुमार अधिकारी निर्वाचित भएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिका र ललितपुर महानगरको नयाँ नेतृत्व भने चयन हुन बाँकी छ । महालक्ष्मीको अधिवेशन यही जेठ ३० गते तोकिएको छ भने ललितपुर महानगरमा असार १ र २ गते अधिवेशन हुँदैछ ।
गोदावरी नगर कमिटीको दोश्रो अधिवेशनबाट विक्रम घिमिरे, अध्यक्षतमा ७३ सदस्यीय नगर कमिटी निर्वाचित भएको छ । कुल २३२ मत खसेकोमा घिमिरेले १ सय २३ मत प्राप्त गरे भने अर्का प्रतिष्पर्धी ब्रह्मानन्द श्रेष्ठले १ सय ४ मत प्राप्त गरे । नगर कमिटिको उपाध्यक्षमा रमि प्रधानाङ्ग सर्वसम्मत चयन भएकी छिन भने सचिवमा अर्जुन सन्जेल २ मतको अन्तरले निर्वाचित भए । सन्जेलले १ सय १२ मत ल्याए भने अर्का प्रतिष्पर्धी रामहरी केसीले १ सय १० मत प्राप्त गरे।
उपसचिवमा खुल्लातर्फ अशोक गोदार थापा निर्वाचित भएका छन् । थापाले १ सय २ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी गोकुल तिमल्सिनाले ४९ मत प्राप्त गरे । महिला उपसचिवमा कल्पना रामदाम सर्वसम्मत निर्वाचित भएकी छन् ।
शनिबार नै एमाले दक्षिण ललितपुरको बाग्मती गाउँपालिका कमिटिको दोश्रो अधिवेशनबाट नवराज सञ्जेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन भएको छ ।
एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट उक्त कमिटी चयन भएको हो । बागमतीको उपाध्यक्षमा भरत घिमिरे,सचिवमा लालबहादुर भोम्जन, उपसचिवमा सुदिप तिमल्सिना र शर्मिला तामाङ चयन भएका छन् ।
महाङ्कालल गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकामा पनि अधिवेशन सम्पन्न भई सर्वसम्मत रुपमा नेतृत्व चयन भईसकेका छन् । महाङ्कालमा राजकुमार अधिकारी र कोन्ज्योसोममा कविन्द्र लामाको नेतृत्वमा नयाँ कमिटी चयन भएका छन् ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ३ : ०१ बजे