१३ असार २०८१, बुधबार | Wed Jun 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एमाले महालक्ष्मी नगर अध्यक्षमा नकुल थापा निर्वाचित



३१ जेठ । नेकपा एमालेको महालक्ष्मी नगर कमिटीको अध्यक्षमा नकुल थापा निर्वाचित भएका छन् ।
उनी महालक्ष्मी नगरकमिटीको दोस्रो अधिवेशनमा ४ चार जना प्रतिस्पर्धीलाई पछि पार्दै कुल ८७ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिश्पर्धी विपिन कार्कीले ४० मत पाए । अन्य प्रतिश्पर्धीहरु बैकुण्ठराज बुढाथोकीले ७ मत पाए भने बलराम बाग्लेले २ मत पाएका छन् ।
पालिका कमिटीको उपाध्यक्षमा बिना सुवेदी विजयी भइन् । उनले १०५ मत पाएकी थिइन् । सचिवमा भाष्कर गौतमले ५३ मत पाए । र उपसचिवमा माधव श्रीमाली ५८ मतसँगै विजय भ एभने महिला उपसचिवमा एवम् उमा पौडेल उमा पौडेलले ११० मत पाएर विजयी भएकी छिन् ।

थापाले यसअघि नै दुईपटक महालक्ष्मीकै वडाध्यक्षको रुपमा कार्यकाल समेत सम्हालिसकेका छन् ।
पार्टी फुटसँगै समाजवादी पार्टीका केही समय रहेका विजयी थापा केही समयअघि उनी नेकपा समाजबादीबाट नेकपा एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ९ : २४ बजे