२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


झुन्डिएको अवस्थामा फेला परे प्रहरी जवान, घटना स्थलमा पत्रकारलाई समेत रोक



मुकेश कुमार यादव/सिरहा
जेठ ३१ । सिरहाको जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवान झुन्डिएको अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान करिश्मा सुनुवार आज करिव २ बजेको समयमा आफनै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको हुन् । घट्नाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिएपनी घटना संकास्पद रहेको स्रोतले जनाएको छ।

घटनालाई ढाकछोप गर्न प्रहरीले घट्ना स्थलमा पत्रकारलाई समेत रोक लगाइएको छ ।

बाँके जिल्ला घर भएकी सुनुवारको जिल्ला स्थित कर्जन्हा प्रहरी चौकिमा दरबन्दी रहेपनी काजमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । प्रहरीले घटनाबारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।

न्युज कारखाना

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ३ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।