७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ताप्लेजुङमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, घाइते बुबा छोरीको उद्धार



फुङ्लिङ (ताप्लेजुङ)
३२ जेठ  । ताप्लेजुङमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, घाइते बुबा छोरीको उद्धार गरिएको छ ।
प्रहरीका अनुसार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गए राति पहिरोमा परी घाइते भएका बुबा छोरीको उद्धार गरिएको हो ।
घाइते ४० वर्षीय युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी सिंवालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्ताल भर्ना गरिएको छ ।
पहिरोमा पुरिएर फक्ताङलुङ–२ का ७० वर्षीय रामबहादुर साम्रा, ५१ वर्षीया जसमाया लिबाङ साम्रा तथा जुम्ल्याहा दिदीबहिनी १० वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिए । मृतकहरु फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष विकास साम्राका बुबाआमा र बहिनी हुन् । उनीहरु घरमा सुतिरहेका अवस्थामा गएराति करिब १ः३० बजे पहिरोमा परेका थिए ।
फुङलिङ नगरपालिका–१० मित्लुङ हाइड्रोपावर सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली तथा जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घाइतेको उद्धार गरेको हो । ढुङ्गा र माटोले बनेको जस्तापाताको छानो भएको दुई तलेघर माथिबाट झरेको पहिरोले पुरिएको थियो ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  १० : ४७ बजे