१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


विपद्को पुर्वसूचना अव मोवाइलबाटै आउने



काठमाडौँ
३२ जेठ । नेपालमा घट्ने विभिन्न किसिमका प्राकृतिक विपद्का पुर्व सूचना अव मोवाइलमार्फत पाइने भएको छ ।

जल तथा मौसमजन्य विपद्जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात÷हिमआँधी, तातो हावाको लहर (लू), शीतलहर, वायु प्रदूषण, घुम्रपान, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोटन, डढेलो जस्ता विपद्हरुको पूर्वसूचना उपलब्ध गराइनेछ ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज भएको सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागका तर्फबाट महानिर्देशक डा जगदीश्वर कर्माचार्यले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार जल तथा मौसम विज्ञान विभागले विपद्सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई आवश्यक जानकारी उपलब्ध गराउने छ ।

बाढी वा विषम मौसमजन्य विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनु अगावै सर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोनवाहकले प्राप्त गर्न सक्नेछन् ।

यसका लागि नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई ‘सेन्ट्रल सर्भर’मा प्रयोग गर्न पहिलेदेखि छसय सिम उपलब्ध गराइरहेकामा अब थप एक सय सिम गरी सात सय थान सिम उपलब्ध गराएको छ । सिममा प्रतिमहिना तीन सय एमबी डाटा निःशुल्क उपलब्ध छ ।

नेपाल टेलिकमले विसं २०७३ सालदेखि यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गरिरहेको छ । विभागले सम्प्रेषण गर्ने पूर्वसूचना सन्देशहरु विसं २०७३ सालदेखि अनवरत रुपमा निःशुल्क ‘मास एसएमएस सेवा’मार्फत सर्वसाधारणमा पु–याई विपद् जोखिम न्यूनीकरणका लागि अतुलनीय योगदान पु¥याएकामा नेपाल टेलिकमको भूमिकाको उच्च कदर गर्दै कदरपत्रद्वारा सम्मानित गर्दै आएको छ ।

 

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  ३ : ५१ बजे