४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्यमा उल्लेख्य वृद्धि



१७ पुस । लगातार घटेको सुनको मूल्य बुधबार उल्लेख्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक हजार चारसय रुपैयाँ बढेर एक लाख ५१ हजार रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एक लाख ४९ हजार ६ सय रुपैयाँ थियो।
गएको बिहीबार प्रतितोला ६ सय, शुक्रबार चारसय र आइतबार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य हिजो (मंगलबार) पनि ६ सय रुपैयाँ घटेको थियो।
आज चाँदीको मूल्य भने एक हजार सातसय ६५ रुपैयाँमै स्थिर छ। गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १२ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।