१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्पको टोकेपछि बालकको मृत्यु



 

रबिन्द्र यादव /पश्चिम नवलपरासी

१ असार । प्रतापपुरमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–६ हरपुरका मोतीलाल चमारको ६ वर्षीय छोरा सन्नी चमारको सर्पको टोकाइका कारण मृत्यु भएको हो ।

शुक्रबार बिहान १० बजे खाना खाएर गाउँका केही बालबालिका संग घरदेखि १०० मिटर दक्षिण दिशामा रहेको बगैंचामा खेल्न गएको बेला सर्पले टोकेको हुनसक्ने मृतकका बुवा मोतीलाल चमारले बताए ।

११ बजेतिर बालक एक्कासि रुदै घर फर्केर आएपछि आमाले किन रुदै छौ ? बाबु भनेर सोधिरहदा बालकले खुट्टामा काटी गडेको भनेका थिए, आमाले सर्पले टोकेको आशंकामा उपचारको लागि भारतको निचलौल स्थित सर्पदंश उपचार केन्द्रमा लगेकी थिइन । त्यहाका डाक्टरले रिफर गरेपछि नवलपुर जिल्लाको त्रिबेणीस्थित सर्पदंश उपचार केन्द्रमा बालकको उपचार गराउन पु¥याइए पनि बालकको मृत्यु भएको परिवारजनले बताएको छ ।

उपचार केन्द्रमा ल्याइ पु¥याउनुभन्दा पहिले नै बालकको मृत्यु भइसकेको त्रिवेणी स्थित सर्पदंश उपचार केन्द्रले बताएको छ । बालकको बाटोमा नै मृत्यु भइसकेकाले केन्द्रमा ल्याएर उपचार सुरु गर्ने अवस्था नरहेको सर्पदंश उपचार केन्द्र त्रिवेणीले जनाएको छ । छोराको मृत्यु पछि आमाको अचेत अवस्थामा प्रतापपुर–२ गोपीगंजको प्रभा हेल्थ सेन्टरमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  ९ : २१ बजे