१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एनजीओको खाजा खुवाएको भन्दै गृहमन्त्री रवि लामिछानेद्वारा राज्य व्यवस्था समितिको बैठक बहिस्कार



२ जेठ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । गैरसरकारी संस्था (एनजीओ)का कर्मचारी खाजासहित उपस्थित भएपछि समितिको बैठक स्थगित भएको हो ।

बिहान ८ बजेका लागि बोलाइएको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्ने एजेन्डा रहेको थियो ।

तर बैठकमा समयमै गृहमन्त्री रवि लामिछानेले बैठकमा ‘भीआईपी खाजा’ ल्याएको थाहा पाएपछि सोधखोज गरेका थिए ।

त्यसपछि एलएक्सपिटीडी भन्ने संस्थाले सो खाजा उपलब्ध गराएको खुलेपछि गृहमन्त्री लामिछानेले एनजीओको खाजा खाएर कानून बनाउने विषय उचित नरहेको बताए । आफू यस्तो छलफलमा नरहने भन्दै गृहमन्त्री लामिछाने बाहिरिए ।

गृहमन्त्री लामिछाने बाहिरिएपछि अरू सांसदहरूले पनि मन्त्री नै गएपछि अब छलफल अगाडि बढाउने कुरा नभएको भन्दै बैठक कक्षबाट बाहिरिएका थिए ।

लएक्सपिटीडी भन्ने संस्था जनसंख्या र विकाससम्बन्धी काम गर्ने संस्था हो ।

प्रकाशित मिति : ३ असार २०८१, आइतबार  ९ : ३३ बजे