१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिएपछि युवकको मृत्यु



ललितपुर
असार ३ । ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिदा युवकको मृत्यु छ ।
प्रहरीका अनुसार वालकुमारी आकासे पुलमूनि स्कुटरलाई ट्रकले ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको हो ।
आज (सोमबार) साँझ कोटेश्वरबाट ग्वार्कोतिर जाँदै गरेको प्रदेश ०२–३–००१० ख ५३५७ नम्बरको ट्रकले सोही दिशामा रहेको बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
स्कूटरलाई ठक्कर दिएपछि सिन्धुली तीनपाटन गाउँपालिका घर भई चालक भक्तपुर सूर्यविनायक बस्ने ३५ वर्षे रमेशकुमार पाण्डेलाई विएण्ड वि अस्पताल ग्वार्को लगाएको थियो । उपचारको क्रममा घाइते पाण्डेलाई मृत घोषणा गरेका छन् ।
सो घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी प्रकृया सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, सोमबार  ३ : ५६ बजे