६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बिहानै मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, दुई जना घाइते



बनियानी (झापा)
८ असार । आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–१५ मा मोटरसाइकल दुर्घटनामा थप दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन् । मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।

मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, शनिबार  ४ : ४७ बजे