६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा दुर्घटना, चलकको मृत्यु, यात्रु घाइते



महेन्द्रनगर (कञ्चनपुर)
८ असार । पूर्व–पश्चिम राजमार्गस्थित कञ्चनपुरको महेन्द्रनगर– सुडा सडक खण्डमा गए राति भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने सँगै बसेका यात्रु घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक नरेश विकका अनुसार महेन्द्रनगरबाट दैजीतर्फ गइरहेको से१त २२६८ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक २७ वर्षीय सञ्जीव चौधरीको मृत्यु भएको हो ।

दैजीतर्फ गइरहेको ट्र्याक्टरमा सोही दिशातर्फ गइरहेको सुप प्र ०२००३ प ६९७० नम्बरको मोटरसाइकल ठोक्किएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार मनोज चौधरी घाइते भएका छन् । उनको कैलालीको धनगढीमा उपचार भइरहेको छ । प्रहरीले ट्र्याक्टर चालक रामु रानालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, शनिबार  ५ : ०१ बजे