१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निलम्बित मुख्य सचिव अर्याल राष्ट्रिय योजना आयोगको जगेडामा सरुवा



१० असार । सरकारले निलम्बित मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सारेर निमित्त मुख्य सचिवको जिम्मेवारी सचिव लीलादेवी गड्तौलालाई दिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेसँगै स्वतः निलम्बन भएका मुख्य सचिव डा. अर्याललार्य राष्ट्रिय योजना आयोगमा विशेष पद (जगेडा) सिर्जना गरेर सारेको हो ।

मन्त्रिपरिषद् बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगको विशेष पद सिर्जना गरेर सरुवा गरेको हो ।

अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् ।

प्रकाशित मिति : ११ असार २०८१, सोमबार  ८ : ४० बजे