१७ असार २०८१, आइतबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जीवनशैली


दक्षिण ललितपुरलाई चिनाउने अभियानमा नवगायक बञ्जारा



ललितखबर
१२ असार । दक्षिण ललितपुरको ठूलादुर्लुङ जन्मेहुर्केका हुन्, राजकुमार बञ्जारा । गाँउपाखामा जन्मेर संगीत क्षेत्रमा संर्घषरत बञ्जारा केही गर्ने हुटहुटीले उनलाई सधै सताउथ्यो ।
बाल्यकालदेखि नै संगीत क्षेत्रमा केही धोको थियो । उनी गाँउघरमा हुने गीतसंगीतका कार्यक्रममा सधै सहभागी हुन्थे ।
संगीत क्षेत्रमा केही गर्ने सपना बोकेर उनी रेडियो पुगे । रेडियो नेपालबाट ३ महिने लामो गायन प्रशिक्षण पनि लिए । ललितपुरको पुल्चोकस्थित कलानीधि इन्दिरा संगीत महाविद्यालयमा उनले ४ बर्ष लामो शात्रीय संगीतको कोर्ष पुरा गरे ।
संगीत क्षेत्रमा रुचिकै कारण गायक बञ्जाराले ‘चन्द्रसूर्य अँकित झन्डा हातमा’ र ‘विरानो संसार’जस्ता गीत पनि सार्वजनिक गरे । रेडियोमा उनका गीतहरु बच्न थालेपछि शुभेच्छुकहरुको राम्रो प्रतिकृया पाउदै गए ।
भन्छन्, मेरो श्रृजना मन पराएर धेरै दर्शक श्रोताले राम्रो प्रतिकृया दिएपछि मलाई अघि बढ्न प्रेरणा मिल्यो ।
संगीत क्षेत्रमा संर्घषसँगै गायक बञ्जारा पछिल्लो समय आफू जन्मेको ठाँउ दक्षिण ललितपुरलाई चिनाउने अभियानमा छन् ।
अपार पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको दक्षिण ललितपुरलाई चिनाउन नवगायिक राजकुमार बञ्जाराले नयाँ श्रृजना सार्वजनिक गरेका हुन् ।
दक्षिण ललितपुरका धार्मिक तथा पर्यटकीय स्थललाई प्रर्बद्धन गर्न बञ्जाराले ‘कालेश्वर मेलैमा’ बोलको गीत भर्खरै भिडियोसहित सामाजिक सञ्जालमा आएको छ ।
उनको यो श्रृजनामा दक्षिण ललितपुरको कालेश्वर, वैलर्णीधाम,मनकामना,सिम्बा, पालाजु झरनाको दृश्यहरु समेटिएका छन् । गीतमा मोडल राजाराम सिंखडा र विनिता दाहाललगायतको सुन्दर नृत्य समेटिएको छ ।
बञ्जारा आधुनिक र पप संगीतलाई पनि उत्तिकै पछ्याउछन् । आफैं संगीत भर्न सिपालु बञ्जारासँग शव्द समेत आफैं श्रृजना गर्ने खुबी छ । उनले डायरीमा धेरै गीतहरु थुपारेर राखेका छन् । हार्मोनियममा केही गीतका लय श्रृजना गरेर थाँती राखेका छन् । संगीत क्षेत्रमा थुप्रै काम गर्ने सपना साँचेका बञ्जारा जोस र जाँगर बोकेर अघि बढिरहेका छन् ।

उनले नेपाली संगीत क्षेत्रमा संर्घषरत बञ्जाराले देशप्रेमले ओतप्रोत साँगेतिक कोशेली उठौं, अव उठौं कभर गीत गाइसकेका छन् ।

 

 

 

प्रकाशित मिति : १४ असार २०८१, बिहिबार  २ : ४९ बजे