१७ असार २०८१, आइतबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एसईईको नतिजा प्रकाशित, आधाभन्दा धेरै विद्यार्थीले कक्षा ११ पढ्न नपाउने



काठमाडौं
१२ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भएको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको ननिजा अनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जनाले मात्रै ३५ प्रतिशत ल्याएपछि कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड बैठकले बुधबार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरे पनि आज मात्रै नतिजा प्रकाशन भएको होे । बोर्ड बैठकले प्राविधिक तयारी नपुगेको भन्दै नतिजा प्रकाशन स्थगित गरेको थियो ।
प्रिक्षाको नतिजा अनुसार ३५ प्रतिशत अंक नल्याउने विद्यार्थिहरुले कक्षा ११ मा पढ्न पाउदैनन् । परिक्षाको नतिजा सैद्धान्तिक र आन्तरिक गरी दुईं भागमा छुट्याएर नतिजा प्रकाशन गरिएको छ ।

गत २०८० १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए ।

बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको बोर्डले  जानकारी दिएको छ ।
बोर्डले दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने बताएको छ ।

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।

यस बर्ष १८६ जनाले ४ जीपीए ल्याएका छन् ।

परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका हुन् ।

प्रकाशित मिति : १४ असार २०८१, बिहिबार  ३ : ३४ बजे