२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एसईईको नतिजा प्रकाशित, आधाभन्दा धेरै विद्यार्थीले कक्षा ११ पढ्न नपाउने



काठमाडौं
१२ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भएको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको ननिजा अनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जनाले मात्रै ३५ प्रतिशत ल्याएपछि कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड बैठकले बुधबार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरे पनि आज मात्रै नतिजा प्रकाशन भएको होे । बोर्ड बैठकले प्राविधिक तयारी नपुगेको भन्दै नतिजा प्रकाशन स्थगित गरेको थियो ।
प्रिक्षाको नतिजा अनुसार ३५ प्रतिशत अंक नल्याउने विद्यार्थिहरुले कक्षा ११ मा पढ्न पाउदैनन् । परिक्षाको नतिजा सैद्धान्तिक र आन्तरिक गरी दुईं भागमा छुट्याएर नतिजा प्रकाशन गरिएको छ ।

गत २०८० १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए ।

बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको बोर्डले  जानकारी दिएको छ ।
बोर्डले दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने बताएको छ ।

परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।

यस बर्ष १८६ जनाले ४ जीपीए ल्याएका छन् ।

परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका हुन् ।

प्रकाशित मिति : १४ असार २०८१, बिहिबार  ३ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।