६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रदेश अनुसार एसईई नजिता : लुम्बिनीमा सबैभन्दा बढी ‘एनजी’



१३ असार । सार्वजनिक (एसईई)को नजिता सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार, परीक्षामा सहभागीमध्ये ५२.१४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ जना परीक्षार्थी ननग्रेड (एनजी) भएका छन् ।

दुई विषयमा मात्र ननग्रेड भएका विद्यार्थीले आगामी साउन १८ र १९ मा हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन सक्नेछन् । दुई विषयमा एनजी हुने विद्यार्थी संख्या १ लाख १५ हजार ८ सय ३४ छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशका विद्यार्थीहरू ‘एनजी’ भएका छन् । जसअनुसार, ४९ हजार २२४ जना विद्यार्थी ‘एनजी’ भएका हुन् ।

कोशी प्रदेशमा ३९ हजार ८९५ एनजी भएका छन् । त्यस्तै, मधेस प्रदेशमा ४२ हजार २८६, बागमती प्रदेशमा ३३ हजार ८४३, गण्डकी प्रदेशमा २० हजार २७५ एनजी भएका छन् ।

कर्णाली प्रदेश २० हजार ३८० र सुदूरपश्चिम प्रदेश ३६ हजार ४१० जना एनजी भएका छन् ।

२०८० चैतमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थी सहभागी थिए ।

प्रकाशित मिति : १४ असार २०८१, बिहिबार  ९ : ५८ बजे