१७ असार २०८१, आइतबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चाँदीको मण्डपसहित गहवामाईको रथयात्रा, भारतसहित मधेसका एक लाखभन्दा धेरैको सहभागिता



वीरगञ्ज (पर्सा)
१४ असार । चाँदीको मण्डपसहितको रथयात्राका प्रसिद्ध गहवामाईको रथयात्रा यही असारको २३ गते हुने भएको छ ।
चाँदीको मण्डपसहितको रथयात्राका निम्ति रु ४० लाख विनियोजन गरिएको बताइएको छ । एक महिनादेखि काष्ठकर्मीहरू गहवामाईको रथ निर्माणमा जुटेका छन् ।
गहवामाईको नवनिर्मित मन्दिरको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने रथयात्रामा भारतसहित मधेस प्रदेशका एक लाखभन्दा धेरैको सहभागिता रहने गहवामाई रथयात्रा समितिले जनाएको छ ।

समितिका अध्यक्ष श्याम पोखरेलले रथयात्राको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । “हामीले गत वर्षदेखि गहवामाईको रथयात्रा निकाल्न सुरु गरेका हौँ । भक्तजनको उत्साहजनक सहभागिता भएकाले यो वर्ष पनि निरन्तरता दिनेछौँ । ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई मुलुकभर चिनाउन रथयात्रा गर्न लागेका हौँ”, उनले भने ।

अध्यक्ष पोखरेलले गहवामाईको रथमा १५ किलोको चाँदीको मण्डप बनाउन लागेको बताएका छन् ।

गहवामाई रथयात्रा समितिका सल्लाहकार दिनाप्रसाद गुप्ताले गहवामाई माताको पूजा आराधनासँगसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि रथयात्रा आयोजना हुन लागेको बताए ।
चाँदीको मण्डपसहितको रथयात्राका निम्ति रु ४० लाख विनियोजन गरिएको छ । एक महिनादेखि काष्ठकर्मीहरू गहवामाईको रथ निर्माणमा जुटेका छन् ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ३ : २१ बजे