१८ असार २०८१, सोमबार | Mon Jul 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महाँकालका विपन्न नागरिकको गाँउपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने



ललितखबर
१४ असार । दक्षिण ललितपुर अन्र्तगत महाँकाल गाँउपालिकाले विपन्न नागरिकको निशुल्क स्वास्थ्य विमा गरिदिने भएको छ ।
नयाँ आर्थिक बर्ष २०८१ ८२ को कार्यक्रम अनुसार यहाँका विपन्न स्थानीयबासीलाई गाँउपालिकाले प्रिमियम तिर्ने भएको हो ।
पालिकाका प्रमुख कार्यकारी अधिकृत अशोक विष्टका अनुसार वडा कार्यलयको सिफरिसमा विपन्नको स्वास्थ्य विमा गर्ने योजना रहेको बताए । उनले भने, ‘विमा अन्र्तगत लाग्ने ३ हजार ५ सय रुपैयाँ गाउपालिकाले तिरिदिनेछ ।’
गाँउपालिकाले आर्थिक बर्ष २०८१÷८२ का लािग ४६ करोड ४१ लाख ७ हजार ३ सय ५० बराबरको बजेट प्रस्तुत गरिएको छ । गाँउपालिकाकी उपप्रमुख डोल्मा माया गोलेले गत सोमबार बजेट सार्वजनिक गरेकी छिन् ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ५ : १२ बजे