२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको झरुवाराशीबाट एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ



काठमाडौँ 
१४ असार । ललितपुरको झरुवाराशीबाट एक युवा पाँच बिरुवा’ अभियानको शुभारम्भ भएको छ ।
राष्ट्रिय युवा सङ्घ नेपालले मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा ‘एक युवा पाँच बिरुवा’ अभियान सञ्चालन गरेको हो ।
ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवारासीमा आज आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका छन् । अध्यक्षले वातावरण सन्तुलन राख्न बोटबिरुवा लगाउनुपर्ने बताउँदै यस अभियानमा सबै सहभागी हुनुपर्नेमा जोड दिए ।
सङ्घका महासचिव सुमन पुरीले आगामी साउन १४ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी दिए । सात सय ५३ स्थानीय तहमा अभियान सञ्चालन गरिने जनाउँदै उनले अभियानमा करिब तीन लाख बोटबिरुवा रोप्ने लक्ष्य रहेको उल्लेख गरे । उनले युवा सङ्घका केन्द्रीय कमिटी सदस्य प्रत्येकले पाँचवटा बिरुवा रोप्नुपर्ने भन्दै त्यसको संरक्षण गर्ने जिम्मा पनि दिइएको बताए।
वृक्षरोपण कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेता सहभागी थिए ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।